/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सभासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

‘सञ्चारकर्मीलाई बाँच्न र लेख्न देऊ’

Posted by FNN on Mar 12th, 2010 and filed under Opinions. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

देशमा प्रेस स्वतन्त्रता खोज्ने हो भने ऐन कानुनमा खोजौँ, कतै पुस्तक या ग्रन्थमा खोजौँ र अझबढी भेटिन्छ, नेताहरुको भाषणमा खोजौँ । तर व्यवहारमा यो पाउन सकिएन, हार खाईयो ।
नेपालका एकजना पाका पत्रकार कपिल काफ्लेको निराशाजनक अभिव्यक्ति हो यो । नेपालको पत्रकारिता प्रशिक्षण कार्यमा अग्रणी संस्था नेपाल प्रेस इन्स्िटच्युट स्थापनाको रजत वर्षका अवसरमा त्यहाँ अध्ययनरत पच्चीसौँ समूहका विद्यार्थीद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उहाँले यो भनाइ राख्नुभएको हो ।
उहाँको आशय थियो- नेपालको संविधान, कानुन एवम् सरकारका नीति नियमहरुमा प्रेस स्वतन्त्रता प्रशस्त व्यवस्था लेखिएका छन । तर ती अक्षरहरुको कार्यान्वयन व्यवहारमा हुन सकेन, सञ्चारकर्मीले ती कानुनी प्रावधानको व्यवहारिक सहजता भोग्न पाएनन् । हार खाईसके ।
हुनपनि हो, पत्रकार काफ्लेले व्यक्त गरेजस्तै नेपालको ऐन कानुनमा प्रेस स्वतन्त्रता खोज्ने हो भने यसको सुनिश्चितताका अति सुन्दर शब्द संयोजनसहितका प्रावधानहरु पाइन्छन ।  हाल विद्यमान नेपालको अन्तरिम संविधान २०६३ ले त झन् यसको प्रस्तावनामा नै भनेको छ- पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहँदै ….।
मुलुकको संविधानले आफ्नो प्रस्तावनामै प्रेस स्वतन्त्रताप्रति यस्तो प्रतिबद्धताको सुनिश्चितता प्रदान गरेको सायदै संसारमा नेपाल एक भाग्यमानी देश हुनुपर्छ । नेपाली पत्रकारिता एवम् संवैधानिक इतिहास हेर्ने हो भने पनि यसरी संविधानको प्रस्तावनामा नै प्रेस्ा स्वतन्त्रताको व्यवस्था गरिएको यो नै पहिलोपटक हो । तर संविधानको प्रस्तावनाको मूल्य र मान्यता के हो र यसप्रतिको राज्यको कर्तव्य के हो भन्ने हेक्का भने कतैबाट बुझ्न सकेको देखिएन ।
आखिर के भयो त ? यति दरिलो संवैधानिक सुनिश्चितता प्राप्त गरिरहेका नेपाली सञ्चारकर्मी के अझै पनि प्रेस स्वतन्त्रताकै सङ्घर्षका लागि सडकमै वास बस्नुपर्ने हो ? यो अवस्था कम्ती दुर्भाग्यपूर्ण होइन ।
योभन्दा बलियो कानुनी सुनिश्चितता कहाँ पाउने र सञ्चरकर्मीले निर्धक्कसँग लेख्नपाउने खालको सुरक्षित छहारी कहिले पाउने ?
वि.सं. २०४६ मा पुनःस्थापित प्रजातन्त्रपछि जारी भएको २०४७ सालको संविधानले जस्तोसुकै समाचार या पाठय सामग्रीको प्रकाशनमा पूर्व प्रतिबन्ध नलगाइने र जस्तोसुकै समाचार छापेपनि पत्रिकाको दर्ता खारेज नगरिने जस्तो सुनिश्चितता प्रदान गर्दा यसको दक्षिण एसियामै प्रशंसा भएको थियो ।
यही संवैधानिक सुनिश्चितताका कारण नेपालमा कान्तिपुरजस्ता करोडौँ रुपैयाँ लगानीका सञ्चारगृहहरु पहिलोपटक आए ।  यही संवैधानिक पृष्ठभूमिकै कारण देशमा यतिखेर सञ्चारक्षेत्रले पनि एउटा गतिलो र प्रभावकारी उद्योगको रुप लिएको छ । तर त्यो संविधान जारी रहेकै बखत देशका करिब डेढ दर्जन पत्रकारले समाचार लेखेकै कारण ज्यान गुमाउनु पर्‍यो । त्यो नेपाली इतिहासको एउटा द्वन्द्वको कालखण्डा रहेकोले त्यसको प्रसङ्ग बेग्लै हो भन्न सकिन्छ ।
तर यतिखेर भने देशमा लोकतान्त्रिक शासन व्यवस्था छ । तथाकथित प्रजातन्त्रकै दर्जा दिइए पनि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका समयमा देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवाधिकार र नागरिक स्वतन्त्रताका दायराहरु नराम्रोसँग खुम्चाइएकोले त्यो निरङ्कुशतालाई उखालेर नेपाली जनताले ‘पूर्ण’ विशेषणधारी प्रजातन्त्र ल्याएका हुन् । यसमा नेपाली जनताको बलिदानीको कुरागरी साध्य छैन ।
त्यही व्यवस्थाले अन्तरिम संविधान लेख्यो र नयाँ एवम् दिगो संविधानका लागि राष्ट्र यतिखेर लागिपरेको छ । तर प्रेस स्वतन्त्रताप्रति यति उदार संविधान र लोकतान्त्रिक व्यवस्था सुरु भएयता देशमा सञ्चरकर्मी र सञ्चारउद्यमी गरी छ जनाले ज्यान गुमाइसकेका छन् भने कुटपिट, आक्रमण र दुव्र्यवहारका घटना त अनगिन्ती नै छन् ।
काठमाडौँ र बाहिरबाट प्रसारित एफएमहरुले अहिले हरेक समाचार बुलेटिन अगाडि “सञ्चारकर्मीलाई बाँच्न र लेख्न देऊ” भन्ने नारा पढ्न थालेका छन । देशमा इतिहासकै सबैभन्दा लोकतान्त्रिक शासन व्यवस्था रहेको दलका नेताहरु दिनहुँ भटयाइरहन्छन । संविधानले पनि अहिलेसम्मकै प्रजातान्त्रिक ढङ्गको स्वतन्त्रता प्रदान गरिरहेको छ । यस्तो देशका सञ्चारकर्मीले समाचारकै कारण ज्यान गुमाउनुपर्छ र समाचार बुलेटिनमै यसरी बाँच्न देऊ भनेरै नारा लगाउनुपर्छ भने सञ्चारकर्मीका लागि योभन्दा ठूलो दुर्भाग्य अरु के होला ?
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल सरकार र प्रेसप्रति जिम्मेवार हुनुपर्ने राजनीतिक नेतृत्वको अकर्मण्यताका कारण देशको प्रेस जगत इतिहासमै यति बढी असुरक्षित हुनुपरेको हो भन्नुहुन्छ ।
महासङ्घका सचिव रामजी दाहाल पनि सरकार र राजनीतिक नेतृत्वमै देख्नुहुन्छ समस्या । उहाँको भनाइ छ- मन्त्री र नेताले घाँटीका नसा नीला पारेर फलाक्ने प्रेस स्वतन्त्रता ओठे भक्तिमात्र हुन् भने प्रेस स्वतन्त्रता भनेर सुन्दर अक्षरमा लेखिएका कानुनी प्रावधान मानौँ ती देखाउनका लागि मात्र लेखिएका हुन, तिनले सञ्चारकर्मी र सञ्चारगृहलाई सुरक्षित वातावरण दिलाउन सकिरहेका छैनन ।
हुन पनि हो, जतिसुकै कडा भए पनि कानुन आखिर अक्षर हुन र यी आफैँ कार्यान्वयनमा आउन सक्दैनन । मृतरुपी यी अक्षरलाई जीवन्तता दिन तिनको आशयअनुरुप कार्यान्वयनमा ल्याउनुपर्छ । कानुनको कार्यान्वयन भनेको त्यसको व्यावहारिक प्रयोग हो । नेपालको संविधान एवम् ऐन कानुनमा लेखिएबमोजिम नै व्यवहारमा पनि त्यसको प्रयोग गरिदिए विश्वकै तुलनामा नेपाली प्रेस कति बलियो र सम्मानित हुनेथियो होला ?
एकराज पाठक



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...
  • Dika: WONDERFUL news. I have protested from the first day this decision was made. What a Great effect of everyone...