/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

होली र यसको पौराणिक मान्यता

Posted by FNN on Feb 27th, 2010 and filed under Opinions. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

विभिन्न किसिमका रङ्ग खेली साथीभाइ एवम् आफन्तमा आत्मीयताको विकास गर्ने रङ्गीन चाड होलीपर्व भोलि नेपालको पहाडी र पर्सी तराई भूभागमा मनाइँदैछ । तर यसअघिका वर्षहरूजस्तै यसपटक पनि होली आउनु केही दिन पहिलेदेखि लोला हान्ने परम्पराले भने निरन्तरता नै पाएको छ ।
यसरी नेपाली परम्पराको एउटा रङ्गीन एवम् रमाइलो चाड विकृतिका रूपमा परिणत हुन खोजिरहेको गुनासोले यस वर्ष पनि काठमाडौँबासीलाई छोडेन ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकाका सडकमा पानी भरिएका लोला हान्ने र पानी फाल्ने काम सुरु भइसकेकाले यसले विशेष गरी काम विशेषले हिँड्नुपर्ने महिलालाई अप्ठेरो पर्ने गरेको छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने चाड त्यसपछि प्रहृलाद, कृष्ण होलिका, ढुण्डा आदिका कथा माध्यमका साथै फागु, फगुवा, होलिका आदि नामबाट मनाउने गरिएको इतिहास पाइन्छ । यो चाडलाई होलीपर्व या फागुका नामबाट रङ्ग खेल्ने चाडका रूपमा मनाउने प्रचलन चलिआएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका सहप्राध्यापक डा. ऋषिप्रसाद शर्माले फागु दुई महापर्वका बीचमा पर्ने वसन्त ऋतुको उत्सव भएको र फागुअघि महाशिवरात्रि तथा पछि नवरात्रि पर्ने भएकाले यस पर्वले भगवान् शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउँदै मानवलाई ऊर्जा प्रदान गर्छ भन्नहुन्छ ।
नेपाली पात्रोअनुसार पनि वसन्तमा वर्षको अन्त र नव वषर्ारम्भ हुन्छ ।
विक्रम संवत् वसन्त ऋतुबाट नै आरम्भ हुन्छ र ब्रहृमाले सृष्टिको शुभारम्भ पनि फागुपर्व मनाइने वसन्त ऋतुबाट नै गरेको कुरा ब्रहृमपुराणमा उल्लेख छ ।
उहाँले भगवान् विष्णुले पनि सत्ययुगमा यसै दिन मत्स्यावतार धारण गरेको शास्त्रमा उल्लेख पाइन्छ । फागुले सृष्टि, प्रगति, स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गरी हाम्रो नयाँ वर्ष प्रवेशलाई मङ्गलमय र गतिशील बनाउँछ ।
फागु नेपालको प्राचीनतम पर्वहरूमा प्रमुख चाड मानिन्छ । यसको आरम्भ शब्दरूप हालका थियो र जसलाई हिजोआज प्रचलित भाषमा होली भनिन्ा थालिएको डा. शर्माको तर्क छ । फागुनको पूणिर्मामा दुनियाँले शृङ् अर्थात् पिचकारीबाट परस्परमा रङ्गीन पानी छयाप्ने र सुगन्धित चुर्ण छर्कर्ने क्रिडा गरी आमोदप्रमोदका साथ मनोरञ्जन गर्ने परम्परा रहिआएको पनि उहाँको धारणा छ ।
संस्कृतिविद् सत्यमोहन जोशी सनातनी किसिमले पौराणिककथाका आधारमा धार्मिक पृष्ठभूमिमा देवीदेवताका कुरा जोडेर होली पर्व प्रचलनमा आएको भए पनि यसमा विशेष तीन किसिमका कथा सुन्न पाइने बताउनुभयो ।
प्रेमका साक्षातस्वरूप भगवान् श्रीकृष्णले कंशकी बहिनी राक्षसी प्रवृत्ति भएकी पुतनाको बध गरेपछि गोपाल र गोपिनीहरूसँग रासलीलाका साथै रङ्ग खेलेर उत्सव मनाएको स्मरण गर्दै वृन्दाबनमा गोपिनीहरूले त्यसैको सम्झनामा अहिलेपनि त्यो ठाउमा यस पर्बलाई हर्षोल्लासका साथ धुमधामसँग मनाईने परम्परा रहेको उहाँको भनाई छ ।
त्यसैगरी राक्षसहरूले स्वर्गका देबताहरूलाई पराजित गर्न लागेपछि त्यसको रक्षागर्ने उद्देश्यले देताहरूको अनुरोधमा कामदेबले तपस्यारत महादेबको निधारमा बाण हानेर महादेबको त्रि नेत्रको ज्वालाबाट भष्म भएपछि उनकी श्रीमति रतीको अनुरोधमा पुनः उनीहरूको मिलन भएको दिनका रूपमा पनि यो चाड मनाउन थालिएको पाईन्छ ।
हिरण्यकस्यपूका सुपुत्र प्रहृलाद शिबभक्त भएपछि हिरण्यकस्यपूले बहिनी होलिकालाई आगोबाट नजल्ने बरदान भएकाले उनले प्रहृलादलाई काखमा लिएर आगोमा जाँदा प्रहृलादलाई केही नभईकन होलिका जलेर मर्छिन । प्रहृलादले तत्कालीन समाजमा सत्यको पक्षमा भक्तिगरेर ऋषिहरूलाई प्रेरित गरेकोले उनकै सम्झनामा होली मनाईने प्रचलन रहेको पनि जोशी बताउनहुन्छ ।
उहाँले सांस्कृतिक रूपमा आपसी मेलमिलाप , खुसीयाली र सत्यको पक्षमा चिन्तन गर्नका लागि सन्देस दिएको भएपनि अहिले बिकृतिका रूपमा महिलालाई लोला हान्ने चलन चलेको धारणा राख्नुहुन्छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राद्यापक डा बिष्णु दाहालले होली पर्वलाई बेद तथा ब्राहृमण साहित्यमा बसन्तोत्सवका रूपमा ब्याख्या गरिएको र यस सम्बन्धमा पर्याप्त सामाग्री भएको भन्दै कामसुत्रको रचनाकार बात्सायनको समयमा फागुन र चैत दुई महिनाभरी मदनोत्सव गरी होली मनाईन्ो प्रचलनका तथ्य भेटिन्छन भन्नुहुन्छ ।
मदन अथवा कामदेबको महत्वलाई कसैले ईन्कार गर्न नसकिने भएकाले सम्पूर्ण सृष्टि नै कामको बसमा रहेको, बेदमा कामलाई सृष्टिको मूल मानिएको उहाँको धारणा छ ।
नेपालमा फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोकाको वसन्तपुर दरबारअगाडि चिर गाडेर सोही दिनदेखि पूणिर्माका दिनसम्म वसन्तोत्सवका रूपमा यो पर्व मनाइने र अष्टमीका दिन गाडेको चिरलाई ढालेर पूणिर्माका दिन टुँडिखेलमा लगी ढलाएर फागु समापन गर्ने चलन रहेको छ ।
डा. दाहालले प्राचीन समाजमा जातीय रूपमा विभिन्न चारवर्ग रहेको र ती वर्गका आ-आफ्ना चाडहरूको वर्गमा होली चौथोवर्गको पर्व मानिएको पनि बताउनुहुन्छ  ।
पहिलो जातीयवर्ग ब्राहृमणको रक्षाबन्धन, दोस्रोवर्ग क्षत्रीको दशैँ, तेस्रोवर्गका रूपमा मानिने व्यापारीको लक्ष्मीपूजा  र चौथोवर्ग श्रमिक रहेको र उसको होली पर्व रहेको तथ्य पाइने पनि उहाँ बताउनुहुन्छ । कृष्णराज गौतम



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • surye: tarai janatrantrik party ka neta haru ko artha bajna sakiyena ni . teso ho bhane timiharu pani india ko poisa...
  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...