लण्डन । यदि तपाई कैजुअल डेटिङ्ग गर्नु हुन्छ भने तपाई भावनात्मक र मनोवैज्ञानिक रुपबाट ती व्यक्तिहरुभन्दा बढी सुरक्षित हुनुहुन्छ जो नाता कायम गरेर सेक्स गर्दछन् । एक अध्ययनका अनुसार जो युवा कैजुअल सेक्स गर्दछन् उनीहरुमा मानसिक र भावनात्मक क्षति ती युवाभन्दा कम पुग्दछ जो आफ्नो प्रमीसंग सेक्स गर्दछन्।
जो व्यक्ति प्रेममा गम्भीर छन् र सेक्स गर्दछन् उनीहरुलाई मानसिक रुपले नोक्सान पुग्ने खतरा बढी रहने गर्दछ।
युवाहरुमा सेक्सको भावनात्मक प्रभाव जान्नका लागि युनिभर्सिटी अफ मिनसोटामा गरिएको अध्ययनअनुसार कैजुअल सेक्स गर्ने युवाहरुमा मनोवैज्ञानिक चोट पुग्ने खतरा कम हुने गर्दछ। यही गम्भीर सम्बन्ध राख्ने युवा जब आफ्नो साथीका साथ सेक्स गर्दछन् उनीहरुमा यो खतरा बढ्दछ।
युवाहरुमा सेक्सको मनोवैज्ञानिक प्रभावमा केन्द्रीत यो अध्ययन गर्ने अध्ययनकर्ताका अनुसार कैजुअल सेक्सबाट उत्पन्न हुने रोग वा कुनै पनि प्रकारको परिणामको नजरअन्दाज गर्न सकिन्न ।
२००३-२००४ का बीच २०.५ वर्ष औषत उमेरका ५७४ युवक र ७३७ युवतीको सेक्स बानी र मनोवैज्ञानिक स्वस्थ्यको अध्ययन गरिएको थियो।
यसमा सेक्स गर्ने ५५ प्रतिशत युवाले आफूले आफ्नो डेटिङ्ग पार्टनरसंग सेक्स गरेका थिए । जबकि २५ प्रतिशतले आफ्नो प्रेमी वा जीवन साथीसंग सेक्स गरेका थिए ।
साधारणतः गम्भीर सम्बन्धभन्दा बाहिर सेक्स गर्ने युवालाई मनोवैज्ञानिक खतरा रहन्छ भन्ने मानिन्छ। तर यो अध्ययनबाट कैजुअल सेक्स गर्ने युवामा यस्तो खतरा नरहने खुलासा भएको हो । गम्भीर सम्बन्ध राख्ने युवाहरुमा मनोवैज्ञानिक दबाव बढी रहने गर्दछ। एजेन्सी









