दिउँसो हामी धेरै पानी पिउंछौ र शौचका लागि पनि पटक पटक जाने गर्दछौ । तर जब हामी सोत्छौ तब यो प्रक्रिया अत्यन्त सुस्त हुने गर्दछ। सामान्य परिस्थितिमा न त हामी शौचका लागि जान्छौ न हामीलाई तिर्खा नै लाग्दछ। यो कसरी हुन्छ ?
यो कुरा अहिलेसम्म ज्ञात थियो कि सुतिरहेका बेला हाम्रो शरीरमा वेसोप्रेसिन नामक हर्मोनको मात्रा बढ्दछ, जसबाट हाम्रो शरीरमा पानीको संग्रहण अधिक मात्रामा रहन्छ। वेसोप्रेसिन हर्मोन शरीरलाई पानी संग्रहण गर्न निर्देशन दिन्छ। तर, यो कुरा अहिलेसम्म पत्ता लागेको थिएन कि निद्रा लागेपछि यस्तो किन हुन्छ, जसबाट वेसोप्रेसिन बढ्दछ?
एउटा नयाँ शोधबाट यो खुलासा भएको छ। नेचर न्युरो साइन्स टुडेमा प्रकाशित समाचारअनुसार मैकगिल विश्वविद्यालयका न्युरो साइन्टिस्ट एरिक टुडेल । चार्ल्स बोर्कले गरेको एउटा अध्ययनबाट यस रहस्यको पर्दा उठेको छ।
उनीहरुको शोधका अनुसार हाम्रो शरीरको बायोलजिकल घडी वा सर्केडियल प्रणाली यसका लागि जिम्मेवार छ। हामी सबैको शरीरमा एक प्रकारको बायोलजिकल घडीले काम गरिरहेको हुन्छ, जसले निर्धारित समयमा हामीलाई निदाउनका लागि प्रोत्साहित गर्दछ । र, निर्धारित समयमा ब्युझाउने गर्दछ। यो प्रणालीले नै पानीको आवश्यकतालाई पनि नियन्त्रित गर्दछ। निद्रा लागेपछि यो सिस्टमले पानीको स्तर नाप्ने कोशलाई एक्किभेट गर्दछ। जसले ती कोशलाई निर्देश दिन्छ जसले वेसोप्रेसिनलाई छोड्दछ। यसबाट रगतमा वेसोप्रेसिनको मात्रा बढ्दछ र शरीरले पानी संग्रह गरेर राख्दछ। हामी शौधका लागि जांदैनौ र शरीरमा पानीको समुचित भाग कायम रहन्छ। र, हामीलाई तिर्खा पनि कम लाग्दछ।
आफ्नो शोधका लागि यी दुई जना बैज्ञानिकले मुसामा प्रयोग गरेका थिए । यो टिमले निद्रामा रहेका केही मुसालाई बायोलजिकल घडीको सिस्टम प्रभावित गरे । जतिबेला घडीलाई एक्टिभेट गरिन्थ्यो मुसाको शरीरका कोश वेसोप्रेसिन छोड्न लाग्दथ्यो र त्यसरी नै डिसएक्टिभेट गर्दा वेसोप्रेसिनको मात्रा कम हुन लाग्दथ्यो । यसबाट स्पष्ट भयो कि शरीरको वेसोप्रेसिनको मात्रा बायोलजिकल घडीमा निर्भर रहन्छ।
मुसा र मानिसमा न्युरोन घडीको सिस्टम एकै जस्तो हुन्छ। त्यसैले हामी मान्न सक्छौ कि यही सिस्टमले हाम्रो शरीरमा पनि काम गरिरहेको छ। एजेन्सी









