ढाका । सङ्कटग्रस्त भारत-बङ्गलादेश सीमामा दुई मुलुकका सैनिकहरूबीच दुई घण्टासम्म गोली हानाहान भै कम्तीमा १८ गाउँलेहरू घाएते ढाकास्थित एक सुरक्षा अधिकारीले सोमबार बताए ।
आइतबार भारतीय आदिवासी जनता माछा मार्न बङ्गलादेशको जल क्षेत्रभित्र पसेपछि यस्तो मूठभेड भएको प्रमुख स्थानीय सीमा रक्षक कर्णेल जहिरूल अलामले बताए ।
बङ्गलादेशी गाउँलेहरूले भारतीयहरूलाई माछा मार्न रोक्न प्रयाश गरिरहेका थिए । तत्क्षण भारतीय सीमा सुरक्षा फौजबाट गोली वषर्ाइएपछि हाम्रा सीमा रक्षकहरूले जवाफी फायर गरे ।- अलामले भने ।
घाइते १८ बङ्गलादेशीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । नयाँ दिल्लीले यो घटनाको पुष्टि गर्न सकेन ।
दुवै मुुलुकका सीमा रक्षकहरू चार हजार किलोमिटर लामो सीमा क्षेत्रमा बारम्बार भिडन्तमा उत्रने गरिआएका छन् । भिडन्त धेरै जसो भारतीय पक्षबाट तारबार लगाइएको ठाउँहरूमा हुने गर्दछ । एएफपी








