जेरुसेलम, इजरायल। विवादित पूर्वी जेरुसेलममा यहुदीहरूलाई वितरण गर्न सयौं आवासगृहहरू निर्माण गर्ने इजरायलको योजनालाई अमेरिकी उपराष्ट्रपति जो वाइडेनले निन्दा गरेका छन् ।
इजरायलको गृहमन्त्रालयले हिजो मङ्गलबार मात्र उक्त विवादास्पद क्षेत्रमा एक हजार ६ सय नयाँ र सुविधा सम्पन्न अपार्टमेन्ट बनाउन स्वीकृत गरेको कार्यले यहुदीहरू र प्यालेष्टायनीहरूबीच थप फाटो ल्याउने भएको विचार व्यक्त गर्दै अमेरिकी उपराष्ट्रपतिले इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहू समक्ष आफ्नो भेटघाटको क्रममा विरोध प्रकट गरेका थिए ।
राष्ट्रिय शान्ति कायम गराउन जटिलता बढाउनुको सट्टा समझदारी बढाउनु पर्ने कुरामा जोड दिए । एपी








