मकवानपुर । विदेश पठाउने नाममा मकवानपुरको धियाँल गाविसका ३ जना युवासँग रु. छ लाख ५० हजार लिएर एक व्यक्ति फरार भएका छन् ।
पैसा लिने व्यक्ति फरार भएपछि ती युवाहरू तीन महिनादेखि काठमाडौँमा बिचल्लीमा परेको परिवारजनले जनाएका छन् ।
मकवानपुरको धियाँलका फुर्वा लामा, हस्त लामा र च्याङ्बा लामालाई मलेसिया पठाउने भन्दै तीन महिना अघि छ लाख रुपैयाँ लिई पाँचथरका श्यामलाल पौडेल भन्ने होमलाल पोर्तेलले फरार भएका छन् ।
पोर्तेलले मलेसियामा सुरक्षा गार्डमा पठाउने भनेर उक्त रुपियाँ लिएका थिए ।
पोर्तेलले मलेसिया पठाउनका लागि काठमाडौँ बोलाएर भागेको फोनमार्फत पीडितहरूले बताएका छन् ।
ऋण गरेर विदेश जान लागेका ती युवाहरू ठगिएपछि उनका परिवारमा रुवाबासी चलेको छ ।








