/NRN-properties NRN promoted bank Web solutions advertise with us holidayrejoice.com

सुवासचन्द नेम्बाङ “जनताले छैठौ पटकसम्म प्रधानमन्त्री चयन गर्न नसक्ने दलहरूले अरु के काम गर्न सक्लान् भन्ने प्रश्न गर्न थाल्छन्, यसबाट लोकतन्त्रमाथि नै सङ्कट आउन सक्छ”

Freenepal.com.np | Nepal News

रामचन्द्र पौडेल “प्रधानमन्त्रीको लागि पाँचौ पटकसम्म भएको निर्वाचनमा म हारेको होइन, म हारेको भए कसैले जितेको हुनुपर्छ, व्यवस्थापिका-संसदले निर्णय दिन नसकेको हो”

तुलसीपुरमा पनि बन्ने भो चक्रपथ

Posted by FNN on Mar 10th, 2010 and filed under Finance. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response or trackback to this entry

दाङ । दाङको तुलसीपुरमा ३४ किलोमिटर लामो चक्रपथ निर्माण हुने भएको छ । नगरपालिकाको ११ वडामध्ये १० वटा वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुने भएको हो ।
उक्त चक्रपथ निर्माण गर्नका लागि नगरपालिकाले रु. ३७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरेको  नगरपालिकाका कार्यकारी अधिकृत भरतकुमार शर्माले जानकारी दिनुभएको छ ।
अधिकृत शर्माका अनुसार चक्रपथ निर्माणका लागि ग्रामीण पूर्वधार विकास कन्सल्टेन्सी काठमाडौँले जिम्मा पाइसकेको र निर्माण कार्यको सम्भाव्यता अध्ययनकार्य समेत गरिसकेको बताइएको छ ।
शर्माका अनुसार कन्सल्टेन्सीले तीन महिनादेखि गरेको अध्ययनले नगरपालिकाको  वडा नं ७ बाहेक अरू सबै वडालाई  जोड्ने जनाइएको छ ।
भौगोलिक विकटताका कारण ७ नम्बर वडालाई चक्रपथले जोड्न नसकिने  जानकारी दिँदै शर्माले सो वडालाई पर्यटकीयरुपमा विकास गर्ने योजना बनाइएको बताउनुभयो ।
हाल सो वडामा कृषि सडक निर्माणकार्य सम्पन्न भइसकेको छ । कन्सल्टेन्सीले तयार पारेको अध्ययनका अनुसार  चक्रपथ वडा नं. ४ को राजापुरबाट  सुरु हुनेछ । जसअनुसार वडा नं-३ को राप्ती शान्ति उद्यान, वडा नं.-२ को  राप्ती आँखा अस्पताल, वडा नं-१ को शिरकुलो हुँदै वडा नं-१० को डाँडाखुरी भएर वडा नं-११ हुँदै वडा नं-६ को गोलौरा र वडा नं-५ को तुलसीपुर हुँदै पुनः सोही ठाउँमा जोडिने छ ।
चक्रपथ निर्माणसँगै ठाउँठाउँमा कजवेसमेत निर्माण गरिने जनाइएको छ । चक्रपथ निर्माण भएपछि वडालाई सडकले जोड्ने र उत्पादित कृषि उपजलाई बजारमा ल्याउन सजिलो हुने नगरपालिकाले जनाएको छ ।
यसैबीच तुलसीपुर नगरपालिकाले चक्रपथ निर्माणकार्यबारे सोमबार एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।
सो अवसरमा उपस्थित सहभागीले  नगरपालिकाले सबै वडालाई छुने गरी दीर्घकालीन सोच राखेर  निर्माणकार्य अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।



Leave a Reply

Advertisement

Polls

जति पटक चुनाव गर्दा पनि प्रधानमन्त्री छान्नै सकिएन अब के गर्ने ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • surye: tarai janatrantrik party ka neta haru ko artha bajna sakiyena ni . teso ho bhane timiharu pani india ko poisa...
  • G Gurung: Hamro desh ma UN karmachari anibarya chahinchha,kina vane ahi le herun ki anmin vanda badhi janne/anmin lai...
  • surye: thik chha netaho kasoilai poisa chahiye ko hola , kasoilai kursi nepali janataharu le banduk ra khukuri...
  • surye: nepali janata haru le yo chahanchhan ki je garera hunchha jasogarera hunchh ya ta manchhemarera hunchha yata...
  • Dika: If UN mission is stopped at this stage without complete of peace process as well as new Constitution made;...