विक्रम भट्टको चलचित्र ‘शापित’ बाट श्वेता अग्रवाल आफ्नो अभियन यात्रा सुरु गरिरहेकी छन् । यो चलचित्रमा उनका नायक आदित्य नारायण झा रहेका छन्, जोसँग श्वेताको प्रेम प्रसंग चलिरहेको बताइन्छ।
भनिन्छ कि यो चलचित्रको छायाङ्कनका क्रममा आदित्य र श्वेता नजिक आए र पछि उनीहरुबीचको प्रगाढता बढ्दै गयो । यद्यपि श्वेताले आफ्नो र आदित्यबीच त्यस्तो केही नरहेको बताएकी छन् । उनी भन्छिन्, म पनि यो जान्दछु कि यस प्रकारको यस प्रकारको हल्ला कस्ले चलाइरहेको छ। हामी सुटिङपछि एक साथ जरुर घम्थ्यौं तर हामीबीचको सम्बन्ध साथीभन्दा बढी छैन ।
साथै श्वेताले चलचित्रमा आफ्नो र आदित्यका बीच एउटा पनि अन्तरङ्ग दृष्य नरहेको बताएकी छन् । श्वेता भन्छिन्, हामीबीच कुनै पनि अन्तरङ्ग दृष्य छैन । तर हाम्रो सम्बन्धलाई गहिराईबाट चित्रित गरिएको छ। त्यसो भए आदित्य-श्वेताबीचको इलुइलु हल्ला मात्र हो त ।










आदित्य-श्वेताबीचको इलुइलु