विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा, कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो । दायाँबायाँ हेर्र्यो, सबै पुरानो, नयाँ केही देखेन । छ्या कस्तो फोहोर भन्दै रुमालले नाक छोप्यो ।
ह्यारीको प्रतिक्षामा बसेका बाबु-आमाले छोराको लवाई खुवाई देखेर चिन्ने सकेनन् । ह्यारीले भने बाबु आमालाई चिनी हाल्यो । हरि विदेश जाँदा बाबु किनेको कछाड र आमालाई किनेको धोती फाटेको थिएन । उसलाई ठम्माउन गाह्रो भएन । बाबु आमाका साथ गाउँघरसम्म पुग्यो । गाउँमा हरिलाई सबैले चिने तर उस्ले कसैलाई चिनेन् । आफ्नो पढेको स्कुल लथालिङ भताभुङ थियो । गुरुहरु बुढा भइसकेका थिए । घर छेउको काब्रोको रुख मरिसकेको थियो । तल्लो गाउँमा डाँडाको डिस्को भत्केको थियो ।
हरि गाउँ आउँदै भन्ने समाचार ल्याउने कागहरु आवाजदेखि उ वक्क थियो । मिनलर वाटरको बोत्तलमा मात्र पानी खाने भइसेको थियो, ह्यारी । अग्रेजी पपमा बसेर फुटबलको आनन्द दिने ह्यारी गाउँका भट्टीदेखि वाक्क थियो । गाउँ घरको ढुङ्गा माटोले उसलाई चिन्यो, तर ह्यारीले कसैलाई चिनेन ।
हरिको आगमनले सिङ्गो गाउँ रमाएको थियो । घरमाथिको ढिस्कोले अंगालो हाल्न खोज्दै थियो । घरको बारीमा रहेको मखमली फुल मस्कुराएको थियो, तर खोई के भयो कुन्नी ह्यारीलाई आफै जन्मेको ठाउँ बिरानो भयो ।
गाउँ बस्नै मन गरेन, तोकिएको समयभन्दा दुई साता पहिला विदेश फर्कने निर्णय लियो । काठमाडौं विमानस्थलसम्म राम्रोपन आफ्नोपन भेटेन । जब विमान उड्यो अनि ह्यारी टोलाउन थाल्यो । सोच्न थाल्यो विदेशको दुःख । मनमनै सोच्न थाल्यो अब कहिले आउने नेपाल, उत्तर थिएन । सोची रह्यो अब विदेशीको हवाई अड्डामा उत्रियो । सबै बिरानो कोही थिएन आफ्नो भन्ने । न ह्यारीको भाषा विदेशीले बुझ्ने नत विदेशीको भाषा ह्यारीले । ह्यारी उत्रने हवाई अड्डामा उनको कसैले चासो राखेन । उसलाई नमाटोले चिन्यो न ढुङ्गोले नै ।
उनको पहिचान काठमाडौं विमानस्थलबाटै समाप्त भयो भन्ने होस् बल्ल ह्यारीलाई आयो । आउँदाका दिन देखि नै ऊ आफ्नो कर्मभूमिमा काम थाल्यो । रात दिन खटिएको छ । खाने, बस्ने, सुत्ने ठेगान छैन । अहिले केवल थकाई, पसिना र मिहेनत उसको लागि आफन्त भएको छ । मृतसमानको आफ्नो पहिचान लिएर बाँची रहेको छ- ऊ । कहिलेकाही सम्झन्छ- \’म जन्मेको गाउँमा बस्न पाए र आफ्नो भन्ने देख्न पाए । चिरन शर्मा/लण्डन, हन्स्लो









no this is aafno pan
deshko sthiteelai bujhna abasyakta dekhinchha malai lagchha afu matra hoina arulai pani safa rakhnu parchha yo chahi ramroo hunchha.