किनमेल गरेर आउँदा उफ् ढिलो भयो
नरिसाउ प्रियसी भात आज गिलो भयो
दिन रात मँहगीदैछ कस्तो पुराउनै गाह्रो
आलु पनि ५० रुपैयाको एक किलो भयो
तिम्री साथी उपप्रधानमंत्री भईहालिछन्
तिमीले हप्काउँदा मुख मेरो निलो भयो
तास ड्रिङ्क डान्स तिम्रो मोजमस्ती
भान्सा कुर्ने मलाई काखीको पिलो भयो
सुर धेरै भएर होकी उल्टी भो हजूरलाई
पुछनु पर्ने मैले नै माफ पाउँ हिलो भयो
राकेश कार्की÷लस् एन्जेलस्








