नेपाल सम्पर्क समिति पुसानको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनोज कुमार भारतीको अध्यक्षतामा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय ऋषिकुमार श्रेष्ठ र रोशन शर्मा पौड्याल, सचिव सुवास देवकोटा, सहसचिव रामकाजी भडेल, कोषाध्यक्ष उज्वल अधिकारी तथा सदस्यहरुमा पुरन थापा, ममता गोञ्जा, भिमसेन भुजेल, शालिकराम खत्री, दिव्यराज शर्मा, राम कुँवर, दुर्गा अधिकारी हुनुहुन्छ ।












