Nepal News, Literature, Arts, Lifestyle, Interview

सेयरको नाममा महिलाहरु ठगिए
बैतडी, खलङ्गा। नोबेल सपी प्रा.लि.का कर्मचारीबाट बैतडीका महिलाहरू ठगिएका छन् । नोबेल सपीका कर्मचारीले प्रलोभन देखाइ तीन वर्ष अगाडि गरगहना बेचेर तथा ऋण निकालेर सदस्य बनेका महिलाहरु ठगिएका हुन् ।

बैतडी सदरमुकाम गोठालापानीमा नोबेल सपीले पसल स्थापना गरी तीन वर्षअघि आफ्नो काम सुरु गरेको थियो । प्रलोभनमा परेर दशरथचन्द नगरपालिका र वरपरका गाउँ विकास समितिका महिलाहरु सपीमा धमाधम सदस्य बनेका थिए ।

यस्तै प्रलोभनमा परेर गुरुखोलाकी भुरी लुहारले आफ्नो गरगहना बेचेर तीन वर्ष अगाडि सपीमा रु. ७ हजार जम्मा गरेर सदस्यता लिएका थिए । गुरुखोलाकै सरस्वती भट्टले पनि भुरी जस्तै गहना बेचेर रु. ७ हजार जम्मा गरेका थिए ।

तर उनीहरुजस्तै बैतडीका ३५० जना महिलाले कम्पनीले भनेअनुसारका सुविधा पाएका छैनन् । उनीहरु आफ्नो लगानीमात्रै फिर्ता गर्न दिनहुँ प्रशासन धाइरहेका छन् ।

नोबेल सपीमा सदस्य बनेपछि मासिक रु. ५०० बोनस, सदस्यको मृत्युपछि रु. ७५ हजार दिने, एकजना नयाँ सदस्य थपेपछि रु. ८०० पाइने, तीन पुस्तासम्म सदस्यता रहने तथा नोबेल सपीको पसलबाट परिचयपत्रको आधारमा दैनिक उपभोग्य सामग्री सूपथ मूल्यमा पाउने भनेपछि महिलाहरु आकर्षित भएका थिए ।

नोबेल सपीमार्फत बैतडीको गोठलापानीमा सञ्चालित पसलबाट दुई दिनदेखि सेयर सदस्यहरुलाई गुणस्तरहीन सामान वितरण भइरहेको छ ।

रु. ७ हजार ३४५ जम्मा गरेर सेयर सदस्य बनेका अधिकांश महिलाले चार गुणा महङ्गो मूल्यमा गुणस्तरहीन सामान लगिरहेको गुनासो गरेका छन् ।

भेदभाव र लाञ्छनापछि सङ्क्रमितले विद्यालय छाडे
नुवाकोट। एचआइभी सङ्क्रमित भएका कारण भेदभाव र लाञ्छनाको सिकार भएपछि एक विद्यार्थीले विद्यालय छाडेका छन् । बारम्बारको भनाई सहन नसकेपछि मनकामना गाविसका सङ्क्रमित अभिभावकले आˆनो सङ्क्रमित सन्तानलाई विद्यालयबाट निकाल्न बाध्य भएका हुन् ।

मनकामना गाविस-८ अर्चलेकी ३४ वर्षीया भट्ट थरकी एक महिलाले विद्यालयमा दुर्व्यवहार भएपछि एक कक्षामा अध्ययन गर्ने छोरालाई विद्यालयबाट निकाल्न बाध्य भएको बताउनुभयो  ।

स्थानीय त्रिभुवन निमाविमा कक्षा एकमा अध्ययनरत सात वर्षीय सन्तोषले स्थानीय अभिभावक र विद्यालयमा पनि दुर्व्यवहार भएपछि एक साताअघि विद्यालय छाडेका हुन् ।

‘विद्यालयमा पढ्न दिंदैनौ त भनेका होइनन्, तर छिःछीः र दुरदुर गर्न थालेपछि छोरालाई विद्यालय पठाउन सकिएन’-त्रिशूली प्लसमा सहारा माग्न आइपुगेकी भट्टले भन्नुभयो-’ गाउँटोलमा बस्नै गाह्रो भयो ।’

अरूका बच्चासँग खेल्दासमेत छोरालाई तथानाम गाली गरेको सुन्नुपरेको भट्टले बताउनुभयो । अभिभावक भट्टका अनुसार विद्यालयका शिक्षकले नै “छोरालाई विद्यालय नपठाऊ” भनेपछि निकालेका हुन् ।

त्रिशूली प्लसमा सहारा माग्न आएपछि विद्यालयबाट निकालिएका सन्तोषलाई काठमाडौँको नवीकरणमा अध्ययनका लागि पठाइएको प्लसका निर्देशक अच्युत सिटौलाले बताउनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद भट्टले भने विद्यालयले कसैलाई पनि भेदभाव नगरेको दावी गर्नुभयो ।

‘सन्तोष सङ्क्रमित भएको सबैलाई थाहा छ । तर हामीले उसलाई विद्यालय नआऊ भनेका छैनौँ’-सहायक प्रधानाध्यापक भट्टले भन्नुभयो-’हामीले होइन अरू अभिभावकले यहाँको विद्यालयमा नपढ भनेको भन्ने सुनिएको छ ।’ सन्तोषलाई सम्भव भएसम्म फेरि विद्यालय ल्याउने वातावरण तयार पार्ने उहाँले बताउनुभयो ।

गाउँमा सञ्चालन हुन लागेको एक निजी विद्यालयका सञ्चालकले ‘तेरो सन्तान सङ्क्रमित छ, तेरो परिवार नै सङ्क्रमित छ, हामी विद्यालयमा पढाउन दिदैनौ’ भनेर मानसिक पीडा दिएपछि नारायणीले आˆनो सन्तानलाई विद्यालय नपठाएको अर्का एक अभिभावकले बताए ।

रोग लागेका छोरालाई विद्यालय नपठाए राम्रो हुन्न भनेर धम्कीपूर्ण शैलीमा गाउँलेले भनेको नारायणीको भनाई छ ।

नारायणीको परिवारमा चारजना सदस्य एचआइभी सङ्क्रमित छन् । सङ्क्रमितमध्ये उनका श्रीमान्को छ महिनाअघि मृत्यु भइसकेको छ । परिवारमा दुई बालक सङ्क्रमित  छन् । एक सन्तान भने त्रिशूली प्लसको आश्रयमा बसिरहेका छन् ।

सङ्क्रमित बालबालिकालाई विदुरको विद्यालयमा समेत अध्ययन गराउन समस्या परेको प्लसका निर्देशक सिटौलाले बताउनुभयो ।

सदरमुकाम विदुरको पृथ्वी निमाविमा सङ्क्रमित बालबालिकालाई भर्ना गर्न नदिएपछि कार्यालयमा राखेर अध्ययन गर्न लगाइरहेको सिटौलाको भनाइ छ ।

औषधि पसलबाट एसएलआरका गोली बरामद
कपिलवस्तु । लागुऔषध सेवन तथा बिक्री वितरण गरेको आरोपमा सशस्त्र प्रहरीले कपिलवस्तुमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गजेहडा गाउँ विकास समिति वडा नं. २ का ३१ वर्षीय खेमबहादुर हमाल, गजेहडा गाविस वडा नं. ४ का ३५ वर्षीय तारा शाही र जहदी गाविस वडा नं. ९ का सुरज शुक्ललाई सशस्त्र प्रहरीले गजेहडा बजारबाट बुधबार पक्राउ गरेको हो ।

गजेहडा बजारमा मेडिकल सञ्चालन गर्दै आएका सुरज शुक्लको मेडिकलबाट  एसएलआरको एक राउन्ड गोली र तारा शाहीबाट पाँच पुरिया ब्राउनसुगर पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका तीनैजना लागुऔषधको कारोबारमा वर्षौदेखि संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

श्रीमान् विदेशबाट आएकै दिन श्रीमतीद्वारा आत्महत्या
गुल्मी । लामो समयसम्म विदेशमा रहेका श्रीमान् घर फर्किएपछि सबैका श्रीमती खुसी हुन्छन् । श्रीमान्ले कमाएर ल्याएको सम्पत्तिबाट सुखी जीवनको कल्पना गर्छन् ।

तर गुल्मीको धुर्कोटमा त्यसविपरीत एक महिलाले श्रीमान् विदेशबाट आएकै दिन आत्महत्या गरेकी छिन् ।

धुर्कोट वस्तु गाउँ विकास समिति वडा नं ५ का तीलबहादुर कुँवरकी श्रीमतीले श्रीमान् विदेशबाट आएकै दिन झुण्डिएर बुधबार आत्महत्या गरिन् ।

लामो समयदेखि माइतीमा बस्दै आएकी २२ वर्षीया श्रीमती कुँवरले घर पछाडीको महुवाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

मृतकको पोस्टमार्टमपछि आफन्तले बुधबार नै शव लगिसकेका छन् । आत्महत्याको कारण भने खुलाइएको छैन ।

दुर्घटनामा मृत्यु हुनेमध्ये नौजनाको सनाखत
तनहुँ, दमौली । तनहुँको काहुँशिवपुर-३ सेटाङमा बुधबार अपराहृन भएको जिप दुर्घटनमा मृत्यु हुनेमध्ये नौजनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा व्यास-२ का ६३ वर्षीय लिलबहादुर आले, सोही ठाउँकी ५६ वर्षीया विमाया आले, व्यास-१० की ५२ वर्षीया लालमाया आले, काहुँशिवपुर-३ की १८ वर्षीया प्यारीमाया सिंजाली मगर, जामुने-१ की ६५ वर्षीया डिल्लीमाया रिलामी मगर, पोखरीभञ्ज्याङ-१ का ६३ वर्षीय दुर्गाबहादुर आले, घाँसीकुवा-१ की १२ वर्षीया कालीमाया मगर रहेका छन् ।

त्यसैगरी पोखरी भञ्ज्याङ-१ बेलवासका ४० वर्षीया योमाया आले र ५५ वर्षीया डुडीमाया आलेको पनि दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका थिए ।

बिहेमा गएर काहुँशिवपुरबाट सदरमुकाम दमौली फर्कँदै गरेको जिप कच्ची सडकबाट करिब १५० मिटर तल खोँचमा खस्दा १० जनाको मृत्यु भएको थियो भने १३ घाइते भएका थिए ।क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीको दाबी छ ।

सूचना प्रविधि नीति-२०६६ अनुमोदन
काठमाडौँ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सूचना प्रविधि नीति-२०६६ लाई अनुमोदन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले उपराष्ट्रपति परमानन्द झाको आसन्न भारत भ्रमणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार सम्मान कोषसम्बन्धी निर्देशिकालाई पनि बैठकले पास गरेको छ । बैठकले नेपाल-इजरायलबीच कृषि सहयोग आदानप्रदानसम्बन्धी सम्झौतालाई पनि पास गरेको छ ।

सरकारी कार्यालयमा कार्यरत चौकीदार तथा निम्नस्तरका राष्ट्रसेवकको कार्यव्यस्तताका आधारमा थप पारिश्रमिक दिने पनि निर्णय भएको मन्त्री सिंहले जानकारी दिनुभयो ।

असुरक्षाका कारण पत्रिका बन्द
रुकुम । सञ्चार उद्यमी जमिम शाह र अरुण सिंघानिया मारिएको हप्ता दिन नपुग्दै रुकुममा पनि असुरक्षा भएको भन्दै एक पत्रिका बन्द गरिएको छ ।

जिल्लाबाट प्रकाशित हुँदै आएको नयाँ समावेशी नामक साप्ताहिक पत्रिका बन्द भएको हो  ।

त्यस्तै पत्रिकामा काम गर्ने खडग केसीले दिनप्रतिदिन पत्रकारहरुलाई आउने धम्कीले असुरक्षा भएको भन्दै पत्रिका बन्द गर्नुपरेको बताउनुभयो ।

आगलागीमा परी तीनको मृत्यु
दोलखा जिल्लाको कुटाकुटीस्थित लप्टन टोलमा भएको आलगलागीमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ। चित्रबहादुर कार्कीको घर जलेर नष्ट हुँदा तीन जनाको मृत्यु भएको हो । घटनामा चित्रबहादुरकी ४० वर्षिया श्रीमति प्रमिला कार्की, ९ महिनाकी छोरी सुनिता कार्की र ३ वर्षिया छोरी सुनप्रभा रहेको दोलखाबाट एफएन न्युज सहकर्मीले जनाएका छन् ।

आगलागीबाट घरमा रहेको लत्ताकपडाका साथै अन्नपातसमेत जलेर नष्ट भएको छ। घटनास्थल सदरमुकाम चरिकोटबाट चार कोस टाढा पर्दछ। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको बताइएको छ।

राज्य पुनःसंरचनाका लागि आयोग बनाउनुपर्ने एमालेको निर्णय
नेकपा (एमाले) केन्द्रीय कमिटीको बुधबारको बैठकले राज्यको पुनःसंरचनाका बारेमा पार्टीको सातौँ कमिटीको बाह्रौँ र सत्रौँ बैठकको निर्णय, संविधानसभा निर्वाचनमा प्रस्तुत घोषणापत्र, आठौँ महाधिवेशनको निर्णय र पार्टीको कार्यदलले प्रस्तुत गरेको प्रस्तावलाई आधारभूतरुपमा स्वीकार गर्दै प्रदेशहरुको नाम, सिमाना र अधिकारको बाँडफाँडका बारेमा अन्तिम टुङ्गो लगाउन विशेषज्ञहरुको उच्चस्तरीय राज्य पुनःसंरचना आयोग बनाउनुपर्ने निर्णय गर्‍यो ।

बैठकमा नयाँ संविधानको शासकीय स्वरुपका बारेमा पार्टीको पहिलेको निर्णयअनुरुप संविधानसभा निर्वाचन घोषणापत्र र आठौँ राष्ट्रिय महाधिवेशनको निर्णयअनुसार जनताद्वारा प्रत्यक्षरुपमा निर्वाचित प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपतिको अवधारणालाई मूलभूतरुपमा स्वीकार गर्दै अन्य पार्टीहरुलाई समेत सहमतिमा ल्याउन प्रयास गर्ने र राष्ट्रिय सहमतिका लागि लचिलो बन्ने निर्णय पनि भयो ।

बैठकमा नयाँ संविधानको अन्तर्वस्तुको सम्बन्धमा महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली र विष्णु रिमालले आ-आˆनो धारणा प्रस्तुत गर्नुभयो ।

त्यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

अन्त्यमा पार्टी अध्यक्ष झलनाथ खनालले नयाँ संविधानको अन्तर्वस्तुका विभिन्न विषयमा विचार प्रस्तुत गर्नुभयो ।

बैठक फागुन २७ गते बिहीबार ११ बजे पुनः बस्ने पार्टीले जनाएको छ ।

सूचना प्रविधि नीति अनुमोदन/ नेपाल-इजरायलबीच कृषि सम्झौता पास
मन्त्रिपरिषद्को बुधबारको बैठकले सूचना प्रविधि नीति-२०६६ लाई अनुमोदन गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले उपराष्ट्रपति परमानन्द झाको आसन्न भारत भ्रमणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । वरिष्ठ पत्रकार सम्मान कोषसम्बन्धी निर्देशिकालाई पनि बैठकले पास गरेको छ ।

बैठकले नेपाल-इजरायलबीच कृषि सहयोग आदानप्रदानसम्बन्धी सम्झौतालाई पनि पास गरेको छ ।

सरकारी कार्यालयमा कार्यरत चौकीदार तथा निम्नस्तरका राष्ट्रसेवकको कार्यव्यस्तताका आधारमा थप पारिश्रमिक दिने पनि निर्णय भएको मन्त्री सिंहले जानकारी दिनुभयो ।