मलक्का/मलेसिया । आफ्नो दुई बर्षे कार्यकाल पूरा गरी तेश्रो बर्षको मेडिकल गर्ने क्रममा अनफिट देखिएपछि मालिमजया मलक्कास्थित् जे.बि.के. Mohana Holding Sdn/Bhdका दुई नेपाली श्रमिकहरू फर्किएका छन् ।
दुई बर्षअगाडि नयाँ बानेश्वरस्थित् बल्र्ड वाईड ह्युमन् रिसोर्स सेन्टरबाट मलक्कास्थित् उक्त कम्पनीमा हाउस किपिङ्गको काममा आइपुगेका टिकापुर, कैलालीका पूर्णबहादुर शाह र धरान सुनसरीका शंकर दाहाल मेडिकलमा अनफिट देखिएपछि घर र्फकन बाध्य भएका हुन् । पीडितहरूका अनुसार उनीहरूको मेडिकल रिपोर्टमा अनफिट बताइए तापनि के, कति कारणले अनफिट भएका हुन् भन्ने बारेमा उनीहरूलाई बताइएको छैन । हाम्रा समाचार सहयोगी गोकुल पाण्डे ‘असिम’का अनुसार- पीडित शाह र दाहाल गत मंगलबार ९ तारीखको उडानबाट नेपाल फर्किसकेका छन् ।
त्यसैगरी यही मार्च ९ तारीखका दिन भूपेन्द्र लावती मेडिकल अनफिट भई स्वदेश र्फकेका छन् । निज लावती काठमाडौं सिनामंगलस्थित् प्राईम ओभरसिजमार्फत् मलेसियाको बातुपाहातस्थित् बातुलिमा रामाट्याक्स कम्पनीमा आजभन्दा दुई महिना अगाडि आएका थिए । मेडिकल रिपोर्टमा किड्नीको समस्या देखिएपछि उनी नेपाल फर्किएका हुन् । उनलाई बातुपाहातस्थित् रामाट्याक्स कम्पनीका श्रमिक साथीहरूको पहलमा आर.एम. १३ सय ३३ सहयोग रकम संकलन गरी प्रदान गरिएको थियो । परिवारमा १ छोरा र श्रीमती भएका भूपेन्द्र मौवा गाविस वार्डनम्बर- २, पाँचथर जिल्ला निवासी हुन् ।








