मनकामना साँस्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडाले राष्ट्रिय गीतबाट सुरु भएको बनभोज कार्यक्रम ५ शुक्रबारका दिन अलखोल पब्लिक गार्डेनमा सम्पन्न भएको छ ।
गोरखा प्रवासी संघका अध्यक्ष श्रीकष्ण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएनका उपाध्यक्ष सागर नेपाल,विशेष अतिथि संघ,सास्कृतिक परिवारका संरक्षक तथा कतार संयोजक बद्री प्रसाद पाण्डे,कतार चेम्वर अफ कमर्सका अध्यक्ष्ँ केदार नाथ ढकाल । अतिथिहरु नेपाल साँस्कृतिक केन्द्रका बालकृष्ण पौडेल, अन्तराष्ट्रिय नेपाली कलाकार संघ बलविक्रम थापा,सन्ध्या ग्रुपका विरेन्द्र कुमार याक्थुम्वा, ,जनप्रगतिशिल मञ्चका हरी नेपाली,चितवन युवा समुहका महासचिव बुद्धिराज अर्याल,धादिङ्ग युवा समाजका रामकाजी थापा,नेपाली प्रवासी मगर संघका प्रकाश आले,अन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ,श्रमिक रेमिटका तारा मंगोल र ब्यवसायी नरेन्द्र सेन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु उपस्थिति रहेको थियो ।
साँस्कृतिक परिवारलाई स्थापनाकालदेखि नै सहयोग गर्ने पाण्डे र नेपाललाई कदरपत्र र नेपालीको पहिचान ढाकाटोपी लगाएर संघका अध्यक्ष भट्टराई र साँस्कृतिक परिवारका अध्यक्ष आशबहादुर गुरुङ्गले सम्मान गरेका थिए भने साँस्कृतिक परिवारका कलाकारहरु तथा सहयोगिहरुलाई सम्मान पत्र प्रमुख अतिथि नेपालले प्रदान गरे ।
कार्यक्रमको रमाइलो प्रस्तुति भनेको मनकामाना सास्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडा र खुम गाउँको सुमधुर स्वरमा ‘यो नेपाली सिर उचालि संसारमा लम्कन्छ,सावित्रि गिरी,मिना लामा र अन्तराष्ट्रिय कलाकार संघका बलबिक्रम थापा र टेक राज विचको ‘मायाले मार्यो…’ ,चन्दिमाया तामाङ्ग, इन्द्र लहोर तथा भिम्सेन खतिवाडा, दयाराम तमु विच ‘सम्भेर यो मन यो मन रोको छ…’ दोहोरीको घम्सा घम्सी चलेको थियो ।
सुवास र सविनाको ‘यो दिल प्रदेशी हो गया…’ बोलको हिन्दी गीतको नृत्य,कुन्दन क्षेत्रीको झमझम स्टकोट,सृजना र चौधरी ग्रुपका कलाकारको युगल नृत्य,अजुन लामा,लक्ष्मण ,सुरेश,कर्णको सामुहिक नृत्यले पनि उपस्थित दर्शकहरुको ध्यान केन्द्रीत गरेको थियो ।
बनभोजको अर्को आकर्षक भने मैत्रिपूण फुटबल कार्यक्रम रहेको थियो । फुटवल प्रतियोगितामा पाँच नेपाली टिमहरु सहभागी भएका थिए, जस अन्तर्गत राम्को टिम, माउण्ट एभरेष्ट युवा क्लव, श्रमिक रेमिट, मनकामना साँस्कृतिक परिवार तथा मितेरी युवा क्लवहरु सहभागी भएका थिए । जस अन्तर्गत माउण्ट एभरेष्ट प्रथम, श्रमिक रेमिट द्धतिय र राम्को तृतीय भए । प्रथम, द्धतिय तथा तृतिय हुनेहरुलाई भट्टराई र नेपालले कप तथा प्रमाणपत्र प्रदान गरे ।
साँस्कृतिक परिवारका अध्यक्ष गुरुङ्गले स्वागत मन्तब्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए भने संघका सचिव गणेश बानियाले कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस मनकामना सास्कृतिक परिवारको नाम परिवर्तन गरि मनकामना नेपाली साँस्कृतिक परिवार बनाईएको छ । उक्क्त नेपाली सास्कृतिक परिवारको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । आशबहादुर गुरुङ्गको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । संरक्षक-बद्री प्रसाद पाण्डे,सागर नेपाल,सल्लाहकार संयोजक बालकृष्ण पौडेल,सल्लाहकारहरु -बुधवल गुरुङ्ग,गणेश बाँनिया,लाल भट्ट,सावित्री गिरी, मणिराज थापा,हरी ढकाल,निर्देशक-श्रीकृष्ण भट्टराई छन भने उपाध्यक्ष-भिम्सेन खतिवडा,सचिव-लक्ष्मण खनाल,सह-सचिव खुम गाउँले,कोषाध्यक्ष-राजेश्वर ढकाल,सह-कोषाध्यक्ष-सृजना तामाङ्ग,सदस्यहरु-दिल भट्टराई,सुवास उदास,कुन्दन क्षेत्री,विकाश गुरुङ्ग,सानु याख्खा, विष्णु भट्टराई,दिपक अधिकारी,डम्वर सुवेदी छन् । एकको पछि पदपूर्ती गर्ने निर्णय गरिएको छ ।
कार्यक्रमको अन्तमा साँस्कृतिक परिवारका उपाध्यक्ष खतिवडाले राष्ट्रिय गीत सम्पूर्ण नेपालीको ढुकढुकीमा रहनुपर्छ भन्दै १५,२० प्रति प्रमुख अतिथि नेपालको हातबाट जनमानसमा वितरण गराएका थिए ।
राजेश्वर ढकाल/दोहा,कतार








