संविधान नबने देश संकटमाः भट्टराई

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले तोकिएको समयमा नयाँ संविधान नबने देश गम्भीर संकटमा फस्ने बताउनु भएको छ।


पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”
माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले तोकिएको समयमा नयाँ संविधान नबने देश गम्भीर संकटमा फस्ने बताउनु भएको छ।

संविधान निर्माणमा भइरहेका ढिलाई, संविधानसभाको म्याद थप्ने परिपंच, तराईमा भइरहेको मधेसीकरण, संविधानसभाका प्रारम्भिक मस्यौदाहरूमा आदिवासी, जनजाति, मुस्लिम, दलित तथा अल्पसंख्यकहरूको अधिकार स्थापित नगरिएको विरोधमा आज तराईका सम्पूर्ण जिल्लामा मसाल जुलुस गरिँदैछ।

हिन्दुबादी दल भारतीय जनता पार्टीका नेताहरुले नेपालमा माओवादीको पछिल्लो गतिविधि र हिन्दु राष्ट्र नेपाल बनाउने विषयमा चासो ब्यक्त गरेका छन् । भारत भ्रमणमा रहनु भएका उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँगको भेटवार्ताको क्रममा उनीहरुले त्यस्तो चासो ब्यक्त गरेका हुन् ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेले निर्यात बढाउन र आयात घटाउन सरकारले ‘प्याकेज कार्यक्रम’ ल्याउन लागेको जानकारी दिनुभएको छ । सञ्चार बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एक कार्यक्रममा उहााले भन्नुभयो-’निर्यात बढाउन र आयात घटाउन के कस्तो नीति र कार्यक्रम आवश्यक पर्छ त्यसबारे सरकारलाई सुझाव दिन म निजी क्षेत्रसाग आग्रह गर्दछु ।’

कपिलवस्तु । कपिलवस्तुमा ९५७ पुरुष समलिङ्गी फेला परेको पुरुष समलिङ्गीहरुमा एचआईभी एड्स न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको किडस् नामक संस्थाले जनाएको छ ।

नवलपरासी (गैंडाकोट) । जिल्लाको रजहर गाउँ विकास समितिको दक्षिणी भेगका जनता नारायणी नदीमा वर्सेर्नी आउने बाढीबाट पीडित भइरहदा पनि सम्बन्धित निकायले अझै ध्यान दिन सकेको छैन ।

धनकुटा । जिल्लाको भेडेटारस्थित एक होटलबाट बुद्धको मूर्ति प्रहरीले फेला पारेको छ । स्थानीय हिमालयन होटलको १०३ नम्बर कोठा फोडेर प्रहरीले उक्त मूर्ति फेला पारेको भेडेटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शम्भु सिटौलाले बताउनुभयो ।

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले उपप्रधानमन्त्री सुजाता कोइरालासँग स्पष्टीकरण लिने भएको छ ।

श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद अफताव आलमले वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम नलिएका कारण अधिकाँश महिला बढी जोखिममा रहेको बताउनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपालमा मानव अधिकार हननकर्ताले दण्ड नपाउनु तथा प्रेसमाथिको आक्रमण, स्वेच्छाचारी पक्राउ र पुर्पक्षका लागि लामो समयसम्म थुनामा राखिनु गम्भीर समस्याको रुपमा रहेको औंल्याएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार वासिङ्गटन डीसीमा सार्वजनिक गरिएको वाषिर्क राष्ट्रगत मानव अधिकार प्रतिवेदन-२००९ मा एकीकृत नेकपा -माओवादी)का कार्यकर्ता स्वेच्छाचारी र गैरकानुनी रुपमा घातक बलको प्रयोग र अपहरणमा संलग्न [...]
