सेयरको नाममा महिलाहरु ठगिए

बैतडी, खलङ्गा। नोबेल सपी प्रा.लि.का कर्मचारीबाट बैतडीका महिलाहरू ठगिएका छन् । नोबेल सपीका कर्मचारीले प्रलोभन देखाइ तीन वर्ष अगाडि गरगहना बेचेर तथा ऋण निकालेर सदस्य बनेका महिलाहरु ठगिएका हुन् ।


पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”
माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

बैतडी, खलङ्गा। नोबेल सपी प्रा.लि.का कर्मचारीबाट बैतडीका महिलाहरू ठगिएका छन् । नोबेल सपीका कर्मचारीले प्रलोभन देखाइ तीन वर्ष अगाडि गरगहना बेचेर तथा ऋण निकालेर सदस्य बनेका महिलाहरु ठगिएका हुन् ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दुई साताअघि हातेझोलाद्वारा सुन आयात गर्न प्रतिबन्ध लगाएपछि अहिले सुनको कारोबारमा समस्या देखापरेको छ । बैङ्कले यही फागुन १३ गतेदेखि हातेझोलामार्फत आयात भइरहेको सुनमा प्रतिबन्ध लगाएको थियो ।

स्याङ्जा । स्थानीयस्तरमा ग्रामीण कृषि पर्यटन विकासको माध्यमबाट आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्याङ्जाको सिर्सेकोट गाविसमा एक घर एक करेसाबारीको लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।
पर्यटन व्यवसायको प्रचुर सम्भावना रहँदारहँदै पनि उचित प्रचारप्रसारको अभाव रहेको भन्दै सिर्सेकोटमा रहेको मैदान भाउजु समूहले विविध कार्यक्रम अगाडि बढाएको हो ।
महिलाको सक्रियतामा गत जेठ १४ गते जिल्ला प्रशासन कार्यलय, [...]

मन्थली । खिम्ती गाविस- १ खिम्ती बजारका भोजबहादुर खड्का अहिले युवाहरूका लागि प्रेरणाका पात्र बनेका छन् ।
स्थानीय एक सहकारी संस्थाबाट रु. ८० हजार ऋण लिएर सामान्य बेकरी उद्योग सञ्चालन गरी वार्षिक रु. दुईलाख फाइदा हुनथालेपछि रोजगारीका लागि भौंतारिँदै विभिन्न मुलुकमा पुगेर पसिना बगाउने युवाहरुका लागि उनी प्रेरणाका पात्र बनेका हुन् ।
भारतमा रोजगारीका लागि जाँदा आफू [...]

दाङ । दाङको तुलसीपुरमा ३४ किलोमिटर लामो चक्रपथ निर्माण हुने भएको छ । नगरपालिकाको ११ वडामध्ये १० वटा वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुने भएको हो ।
उक्त चक्रपथ निर्माण गर्नका लागि नगरपालिकाले रु. ३७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरेको नगरपालिकाका कार्यकारी अधिकृत भरतकुमार शर्माले जानकारी दिनुभएको छ ।
अधिकृत शर्माका अनुसार चक्रपथ निर्माणका लागि ग्रामीण [...]

कास्की । पोखरामा विगत एक वर्षमा करिब छ प्रतिशले मूल्यवृद्धि भएको छ । गत वर्ष सात दशमलव सात अङ्कमा सीमित मूल्य सूचकाङ्क २०६५ /२०६६ मा १३ दशमलव दुई प्रतिशतमा पुगेको छ । यो हालसम्मको उच्च मूल्यवृद्धि हो ।
वि.सं २०६३/०६४ मा भने मूल्य सूचकाङ्क छ दशमलव चार प्रतिशतमा थियो । देशमा देखिएको राजनीतिक अस्थिरताले उपभोग्य वस्तुमा [...]

वीरेन्द्रनगर । सामुदायिक वनको कमाइले पश्चिम सुर्खेतको एक गाविसका बासिन्दाले घरघरमा सोलार राखेका छन् ।
कुनाथरी गाविस वडा नं. ९ कुम्भिकोटको भैरवस्थान सामुदायिक वनले आफ्ना ५५ घर उपभोक्तालाई सोलार प्रदान गरेको छ ।
विद्युत् सेवा नपुगेका क्षेत्रमा सामुदायिक वनले किस्ताबन्दीमा सोलार वितरण गरेको हो । सूर्योदय ऊर्जासँग समन्वय गरी किस्ताबन्दीमा वनले आफ्ना उपभोक्तालाई सोलार वितरण गरेको अध्यक्ष [...]

नेपालीका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा ४० जना नेपाली कामदारको माग आएको छ। सिद्धार्थ बुद्ध, रेन्बो ओभरसिज र अराउण्ड द वर्ल्ड म्यानपावर कम्पनीले कामदार पठाउन अनुमति माग गरेका छन्।

नुवाकोट । एघार दिनसम्म सञ्चालन भई सोमबार समापन भएको दोस्रो नुवाकोट महोत्सवमा रु.तीन करोडको व्यापार भएको छ ।
यही फागुन १४ गतेबाट सुरु भएको महोत्सवमा स्थानीयस्तरमा उत्पादन भएको वस्तुको बिक्री भएको थियो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेको आजोजकले जानकारी दिएका छन् ।
दोस्रो नुवाकोट महोत्सवमा मोटरसाइकल, गाडिकोसमेत स्टल राखिएको थियो । साथै महोत्सवमा जिल्लामा रहेका [...]

वीरेन्द्रनगर। पश्चिम सुर्खेतको कुनाथरि गाविस वडा नं-९ कुम्भिकोटको कोइराला पानी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षले समूहको रु.दुईलाख ५० हजार लिएर फरार भएका छन् ।
कोषाध्यक्ष टेकबहादुर शाही यही फागुन १८ गतेदेखि फरार भएका छन् । अध्यक्ष र सचिवको किर्तेहस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेतबाट शाहीले गत माघ-७ गते रु.दुई लाख ५० हजार लिएको पत्ता लागेको समूहका [...]
