/NRN-properties NRN promoted bank NRN promoted bank advertise with us

पुष्पकमल दाहाल प्रचण्ड “समयमै संविधान ओओस भन्ने जनताको चाहना छ, मेहनत गर्‍यौ भने बाँकी दिनमा विस्तृत संविधान जारी गर्न सकिन्छ।”

Freenepal.com.np | Nepal News

माधवकुमार नेपाल “शान्ति प्रक्रिया र संविधानका खास विषय टुंगोमा पुर्‍याउने हो भने बाँकी समयमा सहजै संविधान जारी गर्न सकिन्छ। ”

Archive for the Category ‘Gajal’

परदेशीले माया मार्यो नभनिदिनु है

परदेशीले माया मार्यो नभनिदिनु है

परदेशीले माया मार्यो नभनिदिनु है मेरी प्रिय,
निष्ठुरीले रुदै हिड्ने पार्यो नभनिदिनु है मेरी प्रिय ।
धोकेबाजले माया अन्तै सार्यो नभनिदिनु है मेरी प्रिय,
निर्दयीले जिउँदै मार्यो नभनिदिनु है मेरी प्रिय ।
म त जन्जिरमा बाधिँएर बाचेको छु यहाँ,
बेइमानीले बेइमान गर्यो नभनिदिनु है मेरी प्रिय ।
तिमी प्रति अथाह माया छ र पनि आउँन पाइन,
मिलनको बाटो बार्यो नभनिदिनु है मेरी [...]

उपप्रधानमंत्रीकी साथी

उपप्रधानमंत्रीकी  साथी

किनमेल गरेर आउँदा उफ् ढिलो भयो
नरिसाउ प्रियसी  भात आज गिलो भयो
दिन रात मँहगीदैछ कस्तो पुराउनै गाह्रो
आलु पनि ५० रुपैयाको एक किलो भयो
तिम्री साथी उपप्रधानमंत्री भईहालिछन्

तिमीले हप्काउँदा  मुख मेरो निलो भयो
तास ड्रिङ्क  डान्स तिम्रो मोजमस्ती
भान्सा कुर्ने मलाई काखीको पिलो भयो
सुर धेरै भएर  होकी उल्टी भो हजूरलाई
पुछनु पर्ने  मैले नै माफ पाउँ हिलो भयो
राकेश कार्की÷लस् एन्जेलस्

बाटोमा काँडा लगायौ रे

बाटोमा काँडा लगायौ रे

आउँछकी कतै फर्की भनी बाटोमा काँडा लगायौरे
मन मुटुमा उस्लाई राखी मलाई चाँही भगायौरे
कती ठुलो रैछ धन मन मुटु पनि किनीदिने
अ्मुल्य भन्थे मायाँ प्रेम तर भयो बिकिदिने
बगेको त्यो काली खोला रोकी कहाँ रोकिन्छर?
जती सुकै होस बर्षा समुन्द्रको पानी पोखिन्छर?
आँखा तिमिले तरे पनी मुटू भित्रै राखेको छु
कतै दुख नहोस भनी देबी देउता भाकेको छु
दुख सबै पिईसकें खुशि [...]

गजल

गजल

आजभोली माग्ने भन्दा लुट्नेहरु महान अरे
लुकीछिपी मान्छे मार्न कुट्नेहरु महान अरे
पाप धर्म हाम्रो कर्म आफैलाई थाह छैन
गल्ती गरि बिना दण्ड छुट्नेहरु महान अरे
दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरु
फकाएर लुटिसकी चुट्नेहरु महान अरे
कर्म गरि खानेहरु गाउँघरका पाखेँ भए
कुकर्म र वासनामा जुट्नेहरु महान अरे
लोभीपापी घरभरी सुख सयल खोजी राछन्
आफ्नो घर भडाएर फुट्नेहरु महान अरे
बसन्त मोहन अधिकारी/यूएई

गजल

गजल

अलिकति आस्थाको नि शेष छ कि छैन ?
छामीहेर छातीभित्र देश छ कि छैन ?
दापभित्र बन्द तिनै हाम्रा खुकुरीमा
नालापानीको त्यो अवशेष छ कि छैन ?
बर्सी-बर्सी पसिना नै आकाशजस्तो लाग्ने
मुटुभित्र नेपाली त्यो शेष छ कि छैन?
सोचिहिड्नु समरको यात्राअघि पनि
उकाली र ओरालीमा ठेस छ कि छैन?
उस्तै त हो ब्राम्हण यहां उस्तै हो नि चमार
रातो रगतमा यही सन्देश छ [...]

मुहार एकफेर

मुहार एकफेर

मुहार एकफेर धमधपी बल्छ बैंसमा
जवानीमा जिन्दगी नै छल्छ बैंसमा
टाउको लच्किन्छ भीरमाथि कैलेकांही
हांगै भांची झ्याप्पै मन फल्छ बैंसमा
सिंग चिलाउछ र कुत्कुतिन्छ तिघ्रा
उफ्री-उफ्री डुक्रिने रहर चल्छ बैंसमा
ठुंगन, टोक्न, जुझ्न, लुछ्न र मिच्न
मन न कैले ढल्दछ न गल्छ बैंसमा
नथामे आकाशले नै पुर्छ आफैलाई
लुलो पहाड जति सबै ढल्छ बैंसमा
निराजन बतास

सीमाना मेटिदैछ

सीमाना मेटिदैछ

दुर्भाग्य सिमाना मेटिदै छ
नेपालको गला रेटिदै छ
नेपाली अनुहार हराउँदै छ
विदेशी अनुहार भेटिदै छ
देश तिनतिरबाट पेलिदै छ
चंगा झैँ दशगजा चेटिदै छ
बैमानी राष्ट्रले हल्लाउँदै छ
सानो यो मुलुक फेटिदै छ

आउ अब भिडौँ
आउ अब भिडौँ थिच्ने संग
हाम्रो सिमाना मिच्ने संग
ए नेमकिपा, जनमोर्चा, राप्रपा
खोस्दै उसको देश सिच्ने संग
ए माओवादी, फोरम, तमलोपा
नेपाली मुटु किच्ने संग
ए सदभावना, काँग्रेस, एमाले
नेपालीको रगत घिच्ने संग
आउ [...]

गजल

गजल

मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला
जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला
पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला
आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला
मर्ने त यो शरिर हो [...]

गजल

गजल

प्रिय तिमी रिसाइ, माया तोड्यौ त के भो ?
भुली पुरानो प्रित, बोल्नै छोड्यौ त के भो ?
जब दिलमा आगो सल्की, ज्वाला दन्किन्छ दनदन
दमकल त्यो पिरतिको, अन्तै मोड्यौ त के भो ?
अक्षूण्ण वासनाको, कहाँ थियो धार बहेको
नउम्रदै कोपिला, निष्ठुर गोड्यौ त के भो ?
हिमाल पग्लिदा एक इन्च, सागर उर्लिन्थ्यो कता
मायाको पिलो नटन्किदै, बलले फोड्यौ त के [...]

गजल

गजल

च्यातिदाँ पिरले मुटु,सिएरै पॊ हुन्छ कि त ।।
मातदिने अलिकति ,पिएरै पॊ हुन्छ कि त ।।
दुख्दॊ रहेछ मन, पिडा,बिछॊड,एक्लै हुँदा
पिरब्याथा सापटी,दिएरै पॊ हुन्छ कि त ।।
भइन्छ रूँदा कच्चा,सम्हालिनु पर्छ आफै
संघर्ष नै गर्दै सधैँ,जीएरै पॊ हुन्छ कि त ।।
आफ्नॊ चॊट लुकाइ,खुशि बाँडदै अरूलाइ
सहनसिल भै धैर्य,लिएरै पॊ हुन्छ कि त ।।

श्याम रॊक्का,इजरायल ।

Advertisement

Polls

सर्वत्र गृहमन्त्री भिम रावलको राजीनामा मागिदै गर्दा शान्ति सुरक्षा बहाल गर्न गृहमन्त्रीसंग मतभेद राखेकै आधारमा गृहराज्यमन्त्री रिजवान अन्सारीलाई हटाउनु तपाईलाई कस्तो लाग्यो ?

View Results

Loading ... Loading ...

पछिल्ला प्रतिक्रियाहरु

  • naresh: maobadi ko netrrit ma sarkar bannu ati ramro ho lagcha
  • Bhumiraj Tamang: Gurkhas pension are not fair if British goverment treat to Gurkhas as humane being.We are very...
  • nepali putra: भारतले खुलेआम नेपाल माथि अतिक्रमन गर्दै छ तर मकुने के हेरदै छ मकुने लाई सत्ता प्यारो कि देश प्यारो...
  • padam chand: MRP india ma chhapnu ramro chaina.BECAUSE india bhanda pani CHIEF cost ma other country haru le...
  • rai: bidhya devi bhandariko chhorilai pani balatkar gari marnu parchha ani rahat upalabda garda kaso hunthyo hola ?...